दफा
उपभोक्ताको अधिकारको संरक्षण तथा सम्वद्र्धन

(१) उपभोक्ताको हक हित संरक्षण गर्ने प्रयोजनको निमित्त प्रत्येक उपभोक्तालाई देहायका अधिकारहरू प्राप्त हुनेछन् –
(क) जीउ, ज्यान, स्वाथ्य तथा सम्पत्तिमा हानी पु¥याउने उपभोग्य वस्तु तथा सेवाको बिक्री वितरणबाट सुरक्षित हुन पाउने
अधिकार,
(ख) अनुचित व्यापारिक क्रियाकलापबाट सुरक्षित हुनको निमित्त उपभोग्य वस्तु तथा सेवाको मूल्य, गुण, परिमाण, शुद्धता,
गुणस्तर आदि बारे सूचित हुने अधिकार,
(ग) यथासम्भव प्रतिस्पर्धात्मक मूल्यमा उपभोग्य वस्तु तथा सेवाको छनौट गर्न पाउने अवसरमा विश्वस्त हुने अधिकार,
(घ) उपभोक्ताको हक हित संरक्षणका सम्बन्धमा उपयुक्त निकायबाट सुनुवाई हुन्छ भन्ने कुरामा विश्वस्त हुने अधिकार,
(ङ) अनुचित व्यापारिक क्रियाकलापबाट उपभोक्ताहरूमा हुने शोषण तथा मर्काको विरुद्ध सुनुवाई र क्षतिपूर्ति पाउने अधिकार, र
(च) उपभोक्ता शिक्षाको अधिकार ।
(२) उपदफा (१) मा उल्लिखित उपभोक्ताको अधिकारको संरक्षण तथा सम्बद्र्धन गर्ने वातावरणको सृजना गर्नको निमित्त नेपाल सरकारले परिषद्लाई आवश्यक निर्देशन दिनेछ ।